कलम बिसाएर राजनीतिमा उत्तम

पाेखरा | जेठ १८, २०८०

कलम बिसाएर राजनीतिमा उत्तम

पोखरा:    पोखरामा करिब दुई दशकदेखि पत्रकारिता गरिरहेका उत्तम पौडेल कलम बिसाएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा प्रवेश गरेका छन् । 
 

पौडेलले पार्टी सभापति लामिछानेको हातबाट सदस्यता ग्रहण गरेका हुन् ।
 

उनले यसअघि सम्हाल्दै आएको ग्यालेक्सी फोर के टिभीको गण्डकी प्रदेशको प्रमुखको जिम्मेवारीबाट पछि हटेको गत सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
 

पौडेलले अब पत्रकारितालाई बिट मार्दै सक्रिय राजनीतिमा होमिएकोसमेत बताए ।

 

सदस्यता लिएपछि सुनगाभा न्यूजसँग पौडेलले भने ‘औपचारिकरुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको छु । समाज रुपान्तरणको लागि पहिला आफु रुपान्तरित हुन जरुरी छ, यस अभियानमा जोडिन सम्पूर्णमा अनुरोध गर्दछु ।’
 

रास्वपाबाट राजनीति सुरु थालेका पौडेले पोखरा एफ एम, रेडियो अन्नपूर्ण, सुनौलो एफ एम, न्युज २४ टिभी र ग्यालेक्सी फोरकेमा कार्यरत थिए ।

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्